सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट एक महिलाले हाम फालेपछि……
काठमाडौँ , साउन ३२ । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आत्महत्या गरेकी छन् ।
शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी हुन् ।
केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
मृतक सिकिलाको श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्