साताको चौथो दिन नेप्से ५.१७ अंकले घट्यो , लघुवित्त बाहेक सबै समूह राताम्मे

काठमाडौँ, साउन २९ । साताको चौथो दिन नेप्से परिसूचक ५.१७ अंकले घटेको छ । ०.४२ प्रतिशतले घट्दा परिसूचक १२२५.९० अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता सेयर किनबेच हुँदा २५ करोड ७२ लाख ८५ हजार १ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार घटेको दिन आज लघुवित्त समूह मात्रै बढ्को छ भने बाँकी सबै समूह राताम्मे भएका छन् । लघुवित्त समूह ०.१४ अंकले बढेको छ ।

आज बैंकिङ समूह ६.४९, ट्रेडिङ समूह १.७७, होटल समूह १२.२१, विकास बैंक समूह ०.५२, जलविद्युत समूह ७.१३, वित्त समूह १.०८, निर्जीवन बीमा समूह १०.३६, उत्पादनमूलक समूह ९.१८, अन्य समूह ०.०७, जीवन बीमा समूह २२.०६ र म्युचुअल फण्ड ०.०५ अंकले घटेका हुन् ।

बजार घटेको दिन आज विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ४.२६ प्रतिशतले नाफा कमाएका छन् भने वल्र्ड मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.३० प्रतिशतले घाटा व्यहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्