उदयपुरबाट ठूलो परिणामको लागुऔषधसहित २ जना समातिए

कठमाडौं, साउन २८ । उदयपुरबाट ठुलो परिणामको लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्तामा लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।


उनीहरुको साथबाट स ७ प ८८०९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको फेनारगन एम्पुल १ सय थान, नोर्फिन एम्पुल १ सय थान, डाईजोल्याब एम्पुल १ सय थान र नगद ७ हजार २ सय ३० रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका यादव र महतोलार्ई जिल्ला प्रहरी कार्यालय उदयुर लगिएको र थप अनुसन्धान भैरहेका प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्