सुन तोलाको ७१ हजार रुपैयाँ पुग्यो, किन्नेभन्दा बेच्ने बढी

काठमाडौं, साउन २८ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । तेजावी सुन भने ७० हजार ७ सयमा कारोबार भइरहेको छ।

भाउ बढेपछि सुनको कारोबार भने घटेको व्यवसायीहरुले बताएका छन् । तीजको सिजन सुरु भइसक्दा पनि काठमाडौंका सुन पसलमा ग्राहक बढेका छैनन् । सुन किन्नेभन्दा बेच्ने बढी रहेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्