श्रीमतीले आफ्नै श्रीमानलाई चक्कुले हान्दा मुत्यु
काठमाडौं, साउन २६ । एक श्रीमतीले आफ्नै श्रीमानलाई चक्कुले हान्दा मुत्यु भएको छ । यसैबिच हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ पनि गरेको छ ।
तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
चक्कु प्रहारबाट घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेको प्रहरीको भनाइ छ ।
घटनालगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भएकी घलेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्