रुपन्देहीमा फर्निचर व्यवसायीको गोली हानी हत्या
रुपन्देही । रुपन्देहीको देबदहका फर्निचर व्यवसायीको गोली हानी हत्या भएको छ ।
हतियार सहित मोटर साइकलमा सवार अज्ञात समूहले स्थानीय फर्निचर व्यवसायी बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हत्यारा भाग्न सफल भएको छ ।
हत्याको घटनापछि मनोज पुन भन्नेले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । पुन दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त हुन् । उनी आजसम्म फरार सूचिमा छन् ।
प्रतिक्रिया दिनुहोस्