प्युठानमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

काठमाडौं । प्युठानमा छोराले बुवाको हत्या गरेका छन् । सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जस्पुरका २० वर्षे मोहोनलाल खाम्चाले ५४ वर्षका बुवा रैसिङ खाम्चाको बिहीबार बेलुका दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

चिर्पटले हान्दा घाइते भएका रैसिङको उपचारको क्रममा बिहीबार राति बुटलवलमा ज्यान गएको हो । मोहोनलालले आमाबुवा दुवैको हत्या प्रयास गरेका थिए । आमा छोराको कुटाइबाट गम्भीर घाइते भएकी छन् ।

बिहीबार बेलुका घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहोनलालले एक्कासी आमालाई कुटपिट गरेपति छुट्टाउन गएका रैसिङलाई मोहोनलालले चिर्पटले हानेका हुन् ।

मोहोनलाललाई गाउँलेले पक्राउ गरी प्रहरिलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले घटना दुःखद भएको बताउँदै अनुसन्धान गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्