सुनको मूल्य इतिहासकै महँगो, तोलाको ७० हजार पुग्यो
कठमाडौं, साउन २३ । दैनिक जसो बढेको सुनको मूल्यले आज (बिहीबार साउन २३- रेकर्ड तोडेको छ । सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् ।
अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।
प्रतिक्रिया दिनुहोस्