साताको पहिलो दिन सेयर बजारमा चार अंकको गिरावट

काठमाडौं , साउन १९ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचबकमा ४ अंकको गिरावट आएको छ ।

यसदिन नेप्से ४.२० अंकले घटेर १ हजार २ सय ५९ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि ०.७५ अंकले घटेर २ सय ७१.७८ अंकमा पुगेको हो ।

नेप्से घटेको दिन बजारमा १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता सेयर ४७ करोड ४१ लाख ५१ हजार ७२९ रुपैयाँमा कारोबार भयो ।

आज बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचक मध्य फाइनान्स र माइक्रोफाइनान्स समूह उकालो लागेका छन् भने अन्य सबै समूह ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्