दुई वर्ष जेल र साढे २६ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ
काठमाडौं, साउन १९ । दुई वर्ष जेल र साढे २६ लाख जरिवाना तोकिएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको ठिमीका ४८ वर्षीय सुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
महाशाखाका प्रहरी उपरीक्षक (एसपी) केदार ढकालअनुसार श्रेष्ठलाई जिल्ला अदालत, पाटनले १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ४८ हजार तीन सय ८७ रुपैयाँ ४० पैसा जरिवाना फैसला गरेको थियो ।
तर, उनी लुकीछिपी बस्दै आएका थिए । श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्