प्रिमियरको एफपीओमा कति पर्यो आवेदन ? बाँडफाँड कहिले ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको फर्दर पब्लिक अफरिंग (एफपीओ) निष्काशनको अन्तिम दिनको प्रारम्भिक तथ्यांक अनुसार प्रिमियर इन्स्योरेन्सको एफपीओमा १ लाख ८३ हजार ८०० वटा आबेदन परेको छ।

अन्तिम दिनसम्मको प्रारम्भिक तथ्यांक अनुसार १ लाख ८३ हजार ८०० वटा आबेदन परेको छ ।
१ लाख ८३ हजार ८०० वटा आबेदनबाट ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आबेदन परेको छ । अन्तिम दिन अर्थात पुष १९ गतेमात्र एफपीओमा ८४ हजार ८०० आवेदकबाट १ अर्ब ५० करोड ७२ लाखको आबेदन परेको छ।

इन्स्योरेन्सले पुस १६ गतेदेखि पुस १९ गतेसम्मका लागि एफपीओ निष्काशन गरेको हो । इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो

आपूर्ति भन्दा माग बढी भएकाले सबैलाई गोलाप्रथामा सहभागी गराइने निश्चित छ। यसरि हेर्दा करिब ६५ हजार ५६५ जनाले मात्र प्रिमियर इन्स्योरेन्सको एफपीओ प्राप्त गर्नेछन।

हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ । एफपीओ बिक्रि पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्