विषालु च्याउ खाँदा बुहारीको मृत्यु , सासु सिकिस्त

काठमाडौं, साउन १४। पाँचथरमा जंगली विषालु च्याउ खादा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा फाल्गुन्नद गाउँपालिका–५ कि बिरामी परेकी ४८ बर्षीया सुनीता चेम्जोङका मृत्यु भएको हो ।

उनको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए ।

जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्