अष्ट्रेलियामा कार दुर्घटनामा परि २ जना नेपालीको ज्यान गायो, ३ घाइते
काठमाडौं, साउन १२ । अष्ट्रेलियामा २ जना नेपालीको कार दुर्घटनामा परि ज्यान गएको छ।
अष्ट्रेलियाको कुमामा आइतबार भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको हो भने ने तीन जना घाईते भएका छन्। घाइतेको पहिचान हुन सकेको छैन।
तिब्र गतीका कारण दुर्घटना भएको नेपाली दूतावास अष्ट्रेलियाका कार्यावाहक राजदूत दुर्पदा सापकोटाले बताइन्।
सञ्चार माध्यमले जनाए अनुसार १५ जनाको समूह तीनवटा कारमा विदा मनाउन जाँदै थिए। दुर्घटनामा परेका कारमा अधिकांश १९–२२ उमेरका रहेको बताइएको छ।
दुर्घटनामा परेका विद्यार्थीहरु सिड्नीमा अध्ययनरत हुन्। एवीसी न्युज अष्ट्रेलियाका अनुसार उक्त कारमा पाँच जना सवार थिए।
प्रतिक्रिया दिनुहोस्