मनि ट्रान्सफरबाट रकम चोरी गर्ने दुई जना पक्राउ
काठमाडौं, साउन १२ । धनुषामा मनि ट्रान्सफरबाट रकम चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनषा शहीदनगर नगरपालिका–३ गोठकुवा बस्ने १९ वर्षका गोविन्द यादव र २८ वर्षका रामु यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गएको शुक्रबार राति १ बजेको समयमा प्रहरीले उनीहरुलाई नगद ३ लाख ३९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको थियो । उनीहरुले स्थानीय पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाएर रकम चोरी गरेको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।
रकमसहित पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्