मोरङबाट दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ
काठमाडौं, साउन ११ । मोरङबाट दुई थान भरुवा बन्दुकसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जनजागृति सामुदायिक वनबाट प्रहरीले दुईथान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–५ जहदा बस्ने २६ वर्षे धनकेशर राई र उर्लाबारी नगरपालिका–४ बस्ने ४४ वर्षे शम्भु गहतराज छन्। उनीहरुको साथबाट लोड गरेर राखेको अवस्थामा दुई नाल भरुवा बन्दुकसमेत प्रहरीले फेला पारेको छ।
शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृति वन उपभोक्ता समितिका प्रतिनिधिहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा ति दुईजनालाई पक्राउ गरेको हो ।
हतियारसहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्