मौद्रिक निती सार्वजनिकको दिन शेयर बजारमा हरियो बत्ती

काठमाडौँ, साउन ८ । राष्ट्रिय अर्थतन्त्रमा निकै महत्व राख्ने मौद्रिक नीति सार्वजनिक भएको दिन शेयर बजारमा हरियो बत्ती बलेको छ। बुधबार शेयर बजार परिसूचक ६.९ अंक र समग्रमा ०.५ अंकले बढेको छ।

बुधबारको कारोबारपछि शेयर बजार परिसूचक १२८४.०७ अंकमा पुगेको छ। बैंकिङ, होटल, विकास बैंक, हाइड्रो पावर, माइक्रो फाइनान्स, लाइफ इन्सुरेन्सका सेयर परिसूचक बढेका छन्।

बुधबार भएका कुल ६ हजार चार सय ६२ कारोबारमा १३ लाख ४६ हजार तीन सय ३० सेयर खरिदबिक्री भएको छ भने यसबाट ४४ करोड ३४ लाख ८१ हजार तीन सय ९१ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्सेले जनाएको छ।

सबैभन्दा बढी सेयर कारोबार नबिल बैंक र त्यसपछि एसियाली विकास बैंकमा भएको छ। नबिल बैंकमा एक लाख १४ हजार ४ सय २६ सेयर खरिदबिक्री भएकोमा तीन करोड ९९ लाख ४४ हजार चार सय ८९ रुपैयाँको कारोबार भएको छ। यसैगरि एडिबीमा ९३ हजार ६ सय ९८ सेयर खरिद विक्री भएकोमा दुई करोड ६६ लाख ६९ हजार तीन सय ८४ रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्