नेप्सेले सूचीकृत गर्यो ७५ लाख ८० हजार कित्ता बोनस सेयर

काठमाडौं, साउन ८ । नेपाल स्टक एक्सचेन्जले ७५ लाख ८० हजार कित्ता बोनस सेयर सुचिकृत गरेको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा ७५ लाख ८० हजार १ सय ३८.१२ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

जसमा सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने यता साना किसान वित्तिय संस्थाको एक लाख ३९ हजार ३ सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सभिलले आर्थिक बर्ष २०७३र०७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो ।

सोही सेयर अहिले सुचिकृत भएको हो । किसानले भने आर्थिक वर्ष २०७४र०७५ को नाफाबाट २९ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्