झुठो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने दुई जना कारागार चलान
काठमाडौं, साउन ७ । ताप्लेजुङमा झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागाँई र झापाको दमक निवसी ३४ वर्षीय भीमबहादुर चौलागाईलाई कारागार चलन गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु नागरिकता बनाउने क्रममा गत असार १० गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ परिसरबाटै पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धान कार्य पुरा गरेपछि जिल्ला अदालतले सोमबार कारागार चलान गरेको प्रहरी निरीक्षक विष्णुबहादुर अड्काले जनाकारी दिए ।
प्रतिक्रिया दिनुहोस्