पानी जमेको खाल्डोमा डुबेर ३ बालबालिकाको मृत्यु
काठमाडौँ , सउन ४ । पानी जमेको खाल्डोमा परि ३ जना बालबालिकाको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ५ का निरुता कुमारी र पिन्की कुमारीको खाल्डोमा जमेको पानीमा डुब्दा शनिबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
गोठालो गएका उनीहरु गर्मी बढेपछि नुहाउन खोज्दा लालबकैया नदीको बाँधमा रहेको खाल्डोमा परेको अनुमान गरिएको छ । सर्लाहीको मलंगवा नगरपालिका १२ स्थित एक पोखरीमा डुबेर १२ वर्षिय पवन महतोको मृत्यु भएको छ। नुहाउन गएका महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्