५० हजार घूससहित इञ्जिनियर यादब पक्राउ

काठमाडौंं, साउन ३ । सर्लाहीको रामनगर गाउँपालिकाका इञ्जिनियर रामजीबाबु यादव घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घूस लिएका यादवलाई घूस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ५० हजार घूस रकमसहित यादवलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

अख्तियारले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादवलाई घूस रकमसहित शुक्रबार मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्