मोरङमा बस र भ्यान जुध्दा दुईजनाको घटनास्थलमै मृत्यु , २१ घाइते , केहीको अवस्था गम्भीर

काठमाडौं, साउन २ । मोरङमा बस र भ्यान जुध्दा दुईजनाको मृत्यु भएको छ भने १८ यात्री घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा बिहीबार बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको हो भने १८ जना घाइते भएका हुन् ।

घाइते केहिको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४८४२ नम्बरको यात्रीवहाक बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ ।

तीनजनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

गम्भीर घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पथरीका डीएपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

मृतकमध्ये कानेपोखरी गाउँपालिका–३ का टिकाराम थापाकोमात्र सनाखत भएको छ ।

उनको उपचारकाक्रममा विराटनगर नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्