शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ, १ असार । चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजारमामा दोहोरो अंकको वृद्धि देखिएको छ । लामो समयदेखि गिर्दै गएको बजारमा बुधबार दोहोरो अंकको वृद्धि लगानीकर्ता उत्साहित दिएका छन् । तर, यसले कती टिकाउ हुन्छ त्या भने हेर्न बाँकी छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनसार १५.८५ अंकले बढेर १२७४.८६ अंकमा उक्लिएको छ ।

बुधबार कारोबारको सुरु देखिनै सूचक बढेको थियो । नयाँ आर्थिक वर्षको सुरुवात सँगै शेयर बजारमा वृद्धि हुँदा लगानीकर्ताको उत्हासाहीत भएका हुन् ।

बुधबार १६६ कम्पनीका १२ लाख ६७ हजार कित्ता शेयर ३९ करोड रुपैयाँमा किनबेच भएको छ । सबै भन्दाबढी नेपाल बैंकको शेयर कारोबार भयो। उसको चार करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो बढी कारोबार भयो। उसको दुई करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा दुई समूहको उपसूचक घटेको छ भने ९ समूहको घटेको छ। वाणिज्य बैंक समूहमा सबैभन्दाबढी १.४७ प्रतिशतको वृद्ध देखिएको छ।

होटेल समूहमा १.२८ प्रतिशतको गिरावट देखियो। उन्नति माइक्रोफाइनान्सको करिब सात प्रतिशत मूल्य बढ्यो भने सिभिल लघुबित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्