फेसुबकबाटै ८० लाख ठगी, उपत्यकाबाटै पक्राउ परे ३ जना युवा, सचेत हुन प्रहरीको आग्रह

काठमाडौं, असार ३१ । सामाजिक सञ्जाल फेसबुकमार्फत ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने ३ जना युवा पक्राउ परेका छन् ।


महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यकाबाटै पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन रहेका छन् ।

अपराध महाशाले जनाए अनुसार उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्