भप्सी खोलाको पुल भत्कियो, महेन्द्र राजमार्ग अवरुद्ध


काठमाण्डौ , असार २९ । महोत्तरीको भप्सी खोलामा पुल भत्किएर अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।

पानीको बहाव घटेपछि डाइर्भसनबाट एकतर्फी बाटो सञ्चालन गरिएको हो । वीपी राजमार्गको सिन्धुली गलनजोर गाउँपालिका र सुनकोशी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक पनि एकतर्फी सञ्चालन भएको छ ।

कुलेखानीमार्ग फाखेल लगायतका विभिन्न ठाउँका सडक पहिरोका कारण पूर्ण रुपमा बन्द भएका छन् ।

पाल्पाको सिद्धबाबामा पहिरो खसेपछि बन्द भएको सिद्धार्थ राजमार्ग भने आइतबार बिहानदेखि एकतर्फी सञ्चालन भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट उदयपुर सडक पनि पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

त्रिभुवन राजपथ, पृथ्वी राजमार्गमा भने अवरोध नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्