पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको ज्यान गयो
काठमाडौं, असार २९ । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका– ६ मोतिपुरको गिठे खोलामा डुबेर स्थानीय रामबहादुर गिरीकी १० वर्षीय छोरी सीता गिरी र केशवनाथ योगीका ८ वर्षीय छोरा ध्रुवनाथ योगीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
स्थानीयले पानी जमाउनका लागि खोलामा खाल्डो खनेका थिए । खोलामा वर्षापछि पानी जमेको खाल्डोमा पौडी खेल्न खोज्दा दुवै जना डुबेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक प्रदीपकुमार डीसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्