हुम्लामा रुघाखोकीले ४ को मृत्यु

काठमाडौं । हुम्लामा रुघाखोकीले ४ को मृत्यु भएको छ । तीन दिन यता हुम्लाको सर्केघाट गाउँपालिकामा रुघाखोकीले ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केघाट गाउँपालिका–७ का भ्याले कार्की, खोइया शाही, गोर्‍या जैसी र ८ नम्बर वडाका शंकरे रोकाया छन् । उनीहरू सबै ६५ वर्षमाथिका हुन् ।

स्थानीय कलबहादुर एडीका अनुसार कार्की, शाही र जैसीको आइतबार, रोकायाको मंगलबार बिहान मृत्यु भएको हो । दुई सातायता फैलिएको रुघाखोकीले यस गाउँपालिकामा सयौं थलिएका छन् । बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको एडीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार लामो समयदेखि पानी नपरेका कारण धूलो र बढदो चिसोले संक्रमण फैलिएको हो ।

प्रतिक्रिया दिनुहोस्