ललितपुर महानगरले थाल्यो अपांगता परिचयपत्र वितरण गर्न सुरु
काठमाडौं, असार २५ । ललितपुर महानगरले अपांगता परिचयपत्र वितरण सुरु गरेको छ ।
महानगरपालिकाले बुधबारदेखि अपांगता परिचयपत्र वितरण सुरु गरेको हो ।
परिचयपत्रलाई पूर्ण अशक्त, अति अशक्त, मध्य अपांगता र सामान्य अपांगता गरी चार वर्गमा विभाजन गरिएको छ ।
अपांगता परिचयपत्र लिन महानगरपालिका परिसरमा झन्डै १०० भन्दा बढी अपांगता भएका व्यक्ति पुगेका थिए ।
महानगरपालिकाले प्रत्येक बिहीबार महानगरपालिकाको कार्यालमा अपांगता परिचयपत्र वितरण गर्ने जनाएको छ ।
परिचयपत्र वितरणको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाभित्र निर्माण गरिने भवनहरुको पहिलो तला अपांगतामैत्री हुनुपर्ने बताए ।
कार्यक्रममा अपांग महासंघका अध्यक्ष भोजराज श्रेष्ठले अपांगता भएकाहरुलाई पनि सरकारले समान दृष्टिकोणले हेर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्