नेप्सेमा सामान्य वृद्धि
काठमाडौं । नेप्से सामान्य अंकले बढेर बजार हरियो भएर बन्द भएको छ ।
आज नेप्से सूचक २.४४ अंकले बढेर १४३७.२४ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६६ कम्पनीका १२ लाख ६२ हजार ४ सय १७ कित्ता शेयर खरिद बिक्रि हुँदा ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपियाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका बैंकिंग , ट्रेडिङ र अन्य बाहेकका सबै सूचक घटेका छन् ।
आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ६ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।
आज मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ७.४१ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ७.२६ प्रतिशत कमाएका छन् ।
आज एभरेस्ट बैंकको अग्राधिकार शेयर मूल्य ६.६ प्रतिशतले घटेको छ भने ललितपुर फाइनान्सका लगानीकर्ताले ४.७ प्रतिशत गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्