हतियारसहित पक्राउ परेका शेर्पा कारागार चलान

काठमाडौं, असार २२ । आधुनिक हतियारसहित पक्राउ परेका सोलुखुम्बुका साङ्गे शेर्पा कारागार चलान भएका छन्।

२४ वर्षीय शेर्पालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

शेर्पा गत जेठमा तीनकुनेस्थित एक पार्टी प्यालेसमा आधुनिक मेड इन जापान लेखिएको पेस्तोल र त्यसको म्यागजिनसहित पक्राउ परेका थिए।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्