८ जनाको हत्यामा संलग्न खान काठमाडौंबाट पक्राउ

काठमाडौं, असार २१ । ८ जनाको हत्यामा संलग्न नसिम खान पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शनिबार काठमाडौंबाट खानलाई पक्राउ गरेको हो।

कपिलवस्तुका खान पछिल्लो समय २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि हत्यामा संलग्न थिए।

त्यसपछि फरार उनी अहिले पक्राउ परेका सिआइबीका एसपी दीपक रेग्मीले जानकारी दिए।

पक्राउ परेका खानलाई कपिलवस्तु पठाउने तयारी भइरहेको एसपी रेग्मीले बताए।

खानले विभिन्न ८ वटा हत्या घटनामा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ।

मायादेवी गाउँपालिका–४ पिपरा गाउँका नसिम खानमाथि जिल्लामा झण्डै एक दर्जन हत्या, आतंक, लुटपाट, अपहरणलगायतका मुद्दाहरु दर्ता गरिएका छन् ।

ब्युरोका एसपी दीपक रेग्मीले नसिम पक्राउ परेको पुष्टि गरेका छन् । खानले आयमानको २०७४ फागुन ३ मा अपहरण गरेका थिए । उनको शव प्रहरीले अपहरणको तीन दिनपछि खानको घर पछाडि फेला पारेको थियो । आयमान मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् ।

वडाध्यक्ष मोहम्मदले पोखरी निर्माणको ठेक्का नदिएकोले नसिम र फौजियाले बदला लिन बालकको हत्या गरेको परिवारको आरोप छ । घटना लगत्तै परिवारका सदस्यले नसिम र उनकी श्रीमती फौजिया नसिमबिरूद्व किटानी जाहेरी दिएका थिए । प्रहरीमा किटानी जाहेरी परेपछि उनी भारतको सीमावर्ती सहर अलिगढवामा बस्दै आएका थिए ।

नसिमविरूद्व २०६३ यता सात वटा अन्य हत्याका मुद्दा पनि दर्ता रहेका छन् । नसिम कपिलवस्तुका मोस्ट वान्टेड हुन् । उनीविरूद्व जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन् । उनी पैसा र पावरका आडमा अर्धभूमिगत बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्