गाँजासहित भारतीय युवक पक्राउ
काठमाडौं, असार २१ । भारततिर जाँदै गरेका भारतीय युवकलाई साढे पाँच किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका१७ पटेर्वाको कमला बाँधको बाटो हुँदै भारततिर जाँदै गरेका उनलाइ प्रहरीले पक्राउ गरेको हो ।
भारतीय युवक २८ वर्षीय शत्रुधन कुमार सिंहलाई पाँच किलो चार सय ५० ग्राम गाँजासहित शुक्रबार साँझ पक्राउ गरिएको पोष्ट प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले बताए ।
प्रहरी निरीक्षक शाहीका अनुसार बीआर ०१ बीएक्स ४२४९ नम्बरको मोटरसासइकल चढेर भारततर्फ जाँदै गरेका सिंहलाई सिरहा नगरपालिका १७ पटेर्वा्स्थित कमला बाँधमा चेकजाँच गर्दा झोलामा गाँजा फेला परेको हो ।
भारत बिहारको मधुवनी जिल्ला कोलुअही बलुवा टोल घर भएका सिंहलाई गाँजासहित पक्राउ गरि जिल्ला प्रहरी सिरहामा पठाएको प्रहरी निरीक्षक शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्