बिमाकोे लोभमा बावुद्वारा छोरीको घाँटी थिचेर हत्या
काठमाडौं, असार २० । बिमाको लोभमा रौतहटका एक बाबुले अफ्नी छोरीकोको हत्या गरेका छन् ।
बिमा वापत पाउने २५ लाख रकमको लोभमा ति बावुले आफ्नी चार वर्षीया छोरीको हत्या गरेका हुन् । २५ लाख बिमा रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फालेकोे प्रहरी अनुशन्धान बाट खुलेको छ ।
उनले राति छोरीको हत्या गरी शव पोखरीमा फालेर छोरी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए ।बालिकाको शव पोखरीमा फेला परेपछि घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुशन्धान थालेको थियो ।
रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
असार १६ गते राति लक्ष्मीको घाँटी थिचेर हत्या गरेको र पोखरीमा फ्याकेको अवस्थामा १७ गते शव फेला परेको थियो । पक्राउ परेका यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए ।
हत्या गरी बीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औं दिनमा छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । राति आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेको आरोपी यादवले स्वीकार गरेका छन् ।
बिमा गरेको एक महिना भित्रमा बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले उनले बिमा गराएको एक महिना नपुग्दै छोरीको हत्या गरेको हुनसक्ने डीएसपी कार्कीले बताए ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी छोरीको हत्या गरी पोखरीमा शव फ्यालेको आरोपमा बाबु रामकिशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विमा रकम लिनका लागि छोरीको हत्या गरेको अनुशन्धानबाट खुलेको रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरी पोखरीमा फ्यालेको खुलेपछि बाबुलाई नियन्त्रणमा लिएको डीएसपी कार्कीले बताए ।
आर्थिक अवस्था कमजोर भएको र धेरै पैसा एकै पटक कमाउने योजनामा छोरीको बिमा गरी पछि हत्या गरेको समेत प्रहरीले जनाएको छ । बिमा वापतको प्रथम किस्ता करिब पौने २ लाख यादवले बैंकमा जम्मा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्