साताको अन्तिम दिन बढ्न सकेन सेयर बजार

काठमाडौं , असार १९ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ८.२७ अंकको गिरावट आएको छ ।

बिहीबार नेप्से ८.२७ अंकले घटेर १ हजार २ सय ६०.४७ अंकमा पुगेको हो । बिहीबार सेन्सिटिभ इन्डेक्स पनि १.५३ अंकले घटेर २ सय ७१.४५ अंकमा पुगेको हो । आज बजारमा १ सय ७१ कम्पनीका ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता सेयर ६७ करोड १ लाख ६९ हजार ९ सय २९ रुपैयाँमा कारोबार भए ।

आज बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसुचक मध्ये सबै समूह ओरालो लागेका छन् । नेप्से घटेको दिन निर्जीवन बिमा सर्वा्धिक ६२.४५ अंकले ओरालो लाग्यो । साताको अन्तिम दिन सेयर बजारमा सिद्धार्थ इक्वाइटी कम्पनीको कारोबार सबैभन्दा धेरै भयो ।

आज कम्पनीको सेयर ५ करोड ५२ लाख २२ हजार २ सय ४७.९९ रुपैयाँमा कारोबार भएको हो ।

नेप्से घटेको दिन सुर्योदय लघुवित्तका लगानीकर्ताको सबभन्दा धेरै भयो भने आज कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी, युनियन हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक ६.५५ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्