वडा सदस्यमाथि गोली प्रहार

काठमाडौं, असार १९ । बेनीघाट नगरपालिकाका वडा सदस्यमाथि गोली प्रहार भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–८ का वडा सदस्य रामजी चेपाङमाथि बुधबार बेलुका गोली प्रहार भएको हो ।

गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको छ । चेपाङलाई काठमाण्डौस्थित नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको र चेपाङको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताएका छन् ।

राप्ती नगरपालिका–१३, कान्दा चितवन स्थायी घर भएका इन्द्रकुमार चेपाङले गोली प्रहार गरेको नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष भिमबहादुर चेपाङले बताए ।

। ओडारमै बस्ने ओडारमै खाने चेपाङलाई प्रहरीले खोज तलासगर्दा उनी बस्ने ओढार पत्ता लागेको तर व्यक्ति फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

फरार अभियुक्तलाई खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङको टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्