सर्लाहीमा विद्युत सर्ट भएर पसलमा आगलागी

काठमाडौं । सर्लाहीमा विद्युत सर्ट भएर एक पसलमा आगलागी भएको छ । सर्लाहीको हरिवन बजारमा रहेको एक पसलमा विद्युत सर्टभइ आगलागी भएको हो । आगलागीबाट ६५ लाख बराबरको कपडा जलेर नष्ट भएको सञ्चालक सुरेश दासले जानकारी दिएका छन् । ्
सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वाषिन्दाले आगो नियन्त्रणमा लिएका छन् ।
तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलमा क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्