घुस लिएको आरोपमा शिक्षाका सब इञ्जिनियर अख्तियारद्वारा कार्यालयबाटै पक्राउ
काठमाडौं, असार १७ । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्।
१ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो।
घुस नलिइ कार्यसम्पन्न प्रतिवेदन नदिने भन्दै उनले विद्यालयबाट रकम उठाउँदै आएको गुनासो आएपछि अख्तियारको टोली काभ्रे आएको थियो।
शिक्षा विभाग सानोठिमी दरबन्दी रहेका भगवत काजमा काभ्रेस्थित मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाका विद्यालय कार्यक्षेत्र बनाएर काम गर्दै आएका थिए।
लेनदेनमा सहयोग गर्ने शिक्षाकै पूर्व कर्मचारी निरजकुमार चौधरीलाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्