ज्यामरुङ् जनकल्याण समाजद्वारा विद्यार्थीलाई पोशाक र झोला वितरण
ज्यामरुङ् जनकल्याण समाज धादिङले चण्डेश्वरी आधारभुत विद्यालयलाई पोशाक र अन्नपूर्ण आधारभुत विद्यालयलाई झोला वितरण गरेको छ ।
समाजले निलकण्ठ नगरपालिका वडा नं. १० स्थित श्री चण्डेश्वरी आधारभुत विद्यालयलाई पोषाक र वडा नम्बर ११ स्थित अन्नपूर्ण आधारभुत विद्यालयलाइ झोला वितरण गरिएको हो ।
ज्यामरुङ् जनकल्याण समाजले चण्डेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण र अन्न्नपुर्ण आधारभुत विद्यालयमा ७५ जनालाइ झोला वितरण गरेको छ ।
धादिङमा जन्मिएर काठमाडौमा पर्यटन व्यावसायी गरीरहेकाहरुले स्थापना गरेको ज्यामरुङ् जनकल्याण समाजले धादिङ्मा शिक्षा, स्वास्थ्य, बाताबरण, जनचेतनामुलक कार्य र विद्युतीकरण तथा स्थानीय जनताहरुलाई सहयोग गर्दै आईरहेको युवा पर्यटन व्यावसायी तारालाल धरेलले जानकारी दिए ।
२०६९ सालमा स्थानीय पर्यटन ब्यबसायीहरु मिलेर धादिङको विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरीएको संस्थाले वितगदेखी नै धादिङमा विभिन्न सामाजिक काम गर्दैै आईरहेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ११ राना गाउँमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी झोला वितरण गरिएको हो ।
झोला तथा पोसाक वितरण कार्यक्रममा सस्थाका उपाध्यक्ष भाइराम थापा मगर, महासचिब तारालाल धरेल तथा सचिब दिनेश बिस्ट को उपस्थिति रहेको थियो । यस सस्थाको अध्यक्ष कृष्ण मान श्रेष्ठ बिशेष कारणले उपस्थिति हुन नसकेकाले कार्यक्रम को सम्पुर्ण जिम्मेवारी उपाध्यक्ष भाइराम थापाले समालेका थिए ।
प्रतिक्रिया दिनुहोस्