जुम्ला कारागारका कैदीबन्दी नदीको दुषित पानी पिउन बाध्य

काठमाडौं । जुम्ला कारागारका कैदीबन्दी नदीको दुषित पानी पिउन बाध्य भएका छन् । कारागारमा खानेपानीको चरम अभाव भएपछि उनीहरु दुषित पानी पिउन बाध्य भएका हुन।

चार महिनादेखि जुम्ला कारागारका कैदीबन्दीले तिला नदीको दुषित पानी पिउँदै आएका छन् ।

दुषित पानी पिउँदा कैदीवन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारीलाई विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।

कारागारमा पानीको अभाव भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको कारागार प्रशासनले जनाएको छ ।

जुम्ला कारागारमा ४२ जना पुरुष र ४ जना महिला गरेर ४६ जना कैदीवन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्