धादिङमा ट्याक्टर पल्टिदा दुईजनाको मृत्यु, एकजना घाईते

काठमाडौं । धादिङमा ट्याक्टर पल्टिदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भएक छन । धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुईजनाको मृत्यु भएको हो भने एकजना घाईते भएका हुन्।

मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना–६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको ‘अनटेस्ट’ ट्याक्टर सोमबार राती सडकबाट २५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाईते भएका सरोज परियारको आरुघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्