घुस रकम सहित जिल्ला शिक्षा अधिकारी रंगेहात पक्राउ
काठमाडौं, असार १० । घुस रकम सहित एक जना जिल्ला शिक्षा अधिकारी प्रक्राउ परेका छन् ।
सल्यानका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख धनबहादुर वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका वलीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको हो । उनी माथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
पक्राउ परेका वलीलाई सेवाग्राहीसंग पनि घुस मागेको पनि जनाएको छ । उनी माथि अनुसन्धान भइरेको प्रहरीले जनाएको छ ।
शिक्षक सुरुवा प्रक्रियामा सहजीकरणका लागि भन्दै घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली मंगलबार वलीको कार्यालयमा पुगेको थियो ।
त्यहि अवस्थामा उनलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्