जनकपुरधामको एक होटलमा आगालागी, ३ होटल जलेर नष्ट

काठमाडौं, ५ असार । जनकपुरधामको एक होटलमा आधा दर्जन भन्दा बढि सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको हो । प्रहरीले जानकारी दिएको जानकारी अनुसार होटलको भान्सामा राखिएको ग्याँस सिलिण्डर विस्फोट हुँदा आगो लागेको विवर(ा प्राप्त भएको छ ।
विस्फोटपछि भएको आगलगी बट ३० लाखभन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा राखिएको थियो ।

घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन।जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटमा मानवीय क्षति भने भएको छैन । आगालागिको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्