दुई विद्यार्थी सुनकोसीमा वेपत्ता

काठमाडौं, असार ४ । माछा मार्न गएका दुई विद्यार्थी सुनकोसीमा वेपत्ता भएका छन् ।

उदयपुरको लिम्चुबुङ गाउँपालिकामा सुनकोसी नदीले बगाएर बुधबार दुई विद्यार्थी वेपत्ता भएका हुन्।

सुनकोसीमा माछा मार्नेक्रममा ज्यामिरे पुगेका सोही गाउँपालिका १ बास्बोटेका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बिहानैदेखि बेपता भएका हुन्।


वेपत्ता भएकाको खोजी जारी राखिएको स्थानीय तथा गाउँपालिकाका उपाध्यक्ष रमिला राईले जानकारी दिइन् ।

प्रहरीले भने घटनाबारे कुनै जानकारी नआएको बताएको छ। घटनास्थल र इलाका प्रहरी कार्यालय झन्डैं दुई घण्टाको दूरीमा पर्छ।

प्रतिक्रिया दिनुहोस्