हुम्लामा गाउँपालिका उपाध्यक्ष चढेको जीप कर्णाली नदीमा खस्यो, अवस्था अज्ञात, ठूलो हताहतीको अनुमान

काठमाडौं, असार ३ । कर्णाली नदीमा एक जिप खसेको छ । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको हो ।

खार्पुनाथ- ५ कैलाबालुमा लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको प्रहरीले जनाएको छ ।

जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि को को थिए भन्नेबारे खुल्न सकेको छैन ।


घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्ला र याङचु गाउँपालिका लगायतका ठाउँबाट प्रहरीको टोली पुगेको बताइएको छ ।

पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ तर थप विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्