सुवर्णावतिको विवाद सर्वपक्षीय छलफलबाट टुंगो लगाइने

काठमाडौं – रोल्पाको सुवर्णावति गाउँपालिकाको नाम परिवर्तन सम्बन्धी विवाद सर्वदलीय बैठकले छलफल गरी टुंगो लगाउने भएको छ । नाम परिवर्तनको बिरोधमा गठन भएको संघर्ष समिति, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच भएको छलफलपछि यस्तो सहमती भएको हो ।

प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईको रोहवरमा संघर्ष समितिका संयोजक खिमचन्द्र पुनमगर, गाउपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरबिच भएको छलफलले भोली सर्वदलिय बैठक बोलाउने निर्णय गरेको हो ।

भोली हुने छलफलमा सहमति जुट्न नसके आन्दोलनका कार्यक्रम थप प्रभावकारी बनाउँदै लैजाने संघर्ष समितिका संयोजक खिमचन्द्र पुनमगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्