२० लाख नेपाली रुपैयाँहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं, असार १ । दुई भारतीय नागरिक २० लाख नेपाली रुपैयाँहित पक्राउ परेका छन् ।
शनिबार भारतको रुपैडियाबाट स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पवन गुप्ता र कमल गुप्ता रहेको इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले जनाएको छ । पक्राउ परेका दाजुभाइ रहेको र पक्राउ पर्नासाथ नेपालगञ्जको बैंकमा रकम जम्मा गर्न ल्याएको बयान उनीहरुले दिएका थिए ।
तर केही समयपछि साट्न ल्याएको भन्दै बयान परिवर्तन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको जनाएको छ ।
यसअघि गएको फागुन २२ गते पनि शरीरका विभिन्न भागमा लुकाएर ल्याइँदै गरेको अवस्थामा नेपालगञ्जको पासाङल्हामु मार्गबाट भारतीय नगरिकलाई ३५ लाख ४४ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्