प्रहरीले समात्यो काठमाडौंबाट ८२ जना पाकेटमार, यि हुन् चोर्दै गर्दा समातिने

काठमाडौं , असार १ । काठमाडौंबाट प्रहरीले ८२ जना पाकेटमारलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको हो ।

चोर समात्न यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकको प्रहरी खटाइएको थियो । पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, माबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए ।

पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

यसरी कानुनतः पहिलो पटक पाकेटमारी गर्नेलाई एक महिना जेल र विगो बराबरको जरिवाना हुन्छ भने दोस्रो पटक पुनः सोही कार्यमा संलग्न भए दुई महिना कैद र विगो बराबरको जरिवाना हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्