छुट्टाछुट्टै सडक दुर्घटनाः वडा सचिवसहित अन्य दुई जनाको ज्यान गयो

काठमाडौं, जेठ ३१ । सुर्खेतमा छुट्टाछुट्टै सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी वडा सचिवसहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे१ह ३८७४ नम्बरको अटोले भे७प १८३४ नम्बरको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले उनी गम्भीर घाइते भएका थिए ।

प्रदेश अस्पताल कालागाउँ र्पुयाएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो । प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ ।

त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।

पछिल्लो समय सुर्खेत जिल्लामा सडक दुर्घटनाहरु बढ्न थालेका छन् ।केहि दिन मात्रै टिपरले किच्दा एक जना पत्रकारको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्