माथिबाट पहिरो खस्दा दुई जना पुरिए, यस्तो छ अवस्था

काठमाडौं, जेठ ३०। सडक निमार्णणका क्रममा पहिरो खस्दा २ जना पुरिएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-८, टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चितवन शक्तिखोरका १७ वर्षीय रोशन बुढाथोकी र २३ वर्षीय सुदिप श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

टोड्केमा सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरोले दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताए ।

एक्स्काभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो लडेपछि चालक भाग्न सफल भए पनि अरु दुई जना भने भाग्न नसकेपछि पहिरोमा पुरिएको उनले बताए ।

पहिरो खसिरहेकोले पुरिनेको खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्