आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

काठमाडौं, जेठ २८ । नेपाल सरकारका एक जना उप-ससचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । उनले तीनरचार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

१८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि निजलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले छोरीलाई विगत ३र४ वर्षदेखि बलात्कार गर्दै आएको आरोप लागेको छ ।

छोरीलाई बलात्कार गर्ने गरेको आमाले थाहा पाएपनि शुरुमा इज्जत जाने डरले सार्वजनिक नगरेको प्रहरीको दावी छ । तर बलात्कारको क्रम नरोकिएपछि किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएका थिए । उनको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्