हावाहुरीबाट पर्सामा तीनजना घाइते, यस्तो छ अवस्था

काठमाडौं, जेठ २६ । हावाहुरीबाट पर्सामा तीनजना घाइते भएका छन् । शानिबार साँझ आएको हावाहुरीबाट तीनजना घाइते भएका हुन् ।

घाइते हुनेमा वीरगञ्ज महानगरपालिका १८ भवानीपुर बस्ने २८ वर्षीया रीतादेवी, वडा नम्बर २२ वस्ने ४० वर्षीय लक्ष्मीराम र वडा नम्बर १८ कै समसुद्दिन हवारीकी चार वर्षीया छोरी सबना खातुन रहेको बताएको छ । केहि घाइतेको हात भाँचिएर छ ।

रीतादेवी हावाहुरी आफ्नै पसलको छानो उडाउँदा घाइते भएकी हुन्। उनी नारायणी अस्पतालमा उपचारपछि घर फर्किएको पर्सा प्रहरीले जानकारी दिएको छ।

यस्तै अर्का घाइते लक्ष्मी रामको वीरगञ्जको गण्डक अस्पतालमा र घाइते बालिका सवुना खातुनको वीरगञ्जको एपोलो अस्पतालमा उपचार भइरहेको प्रहरीेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्